Rule 4
स्वीकृति दिने
४. स्वीकृति दिने
(१) नियम ३ बमोजिम निवेदन प्राप्त हुन आएमा अधिकार प्राप् अधिकारीले निवेदनसाथ प्राप्त कागजातहरू आवश्यक जाँचबुझ गर्नेछ र जाँचबुझ गर्दा निवेदकलाई संयुक्त आवास भवन निर्माण गरी सञ्चालन गर्ने स्वीकृति दिन हुने देखिएमा अनुसूची–२ बमोजिमको ढाँचामा स्वीकृति दिनेछ ।
(२) अधिकार प्राप्त अधिकारीले आवश्यक देखेमा उपनियम (१) बमोजिम स्वीकृति दिनुअघि प्रस्तावित संयुक्त आवास भवन निर्माणस्थलको प्राविधिक खटाइ निरीक्षण गराउन वा तत्सम्बन्धमा सम्बन्धित निकाय समेत बुझ्न सक्नेछ ।